निक्षेप
Romanized: nikshepa, nikshep, niksep, niksepa
कुनै वस्तुलाई फ्याँक्ने काम; मिल्काउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत निःक्षेप]
१.
कुनै वस्तुलाई फ्याँक्ने काम; मिल्काउने काम।
२.
कुनै वस्तुलाई कतै राख्ने काम; थन्क्याइ।
३.
चाहिएको बेलामा फिर्ता लिने गरी विश्वासपूर्वक कसैलाई कुनै वस्तु राख्न दिने काम, घरोट, नासो।
४.
आर्थिक कारोबार गर्ने कुनै संस्थाको सेयर वा हिस्सा किनेर पैसा हाल्ने काम; लगानी।
५.
ब्याङ्कको खातामा जम्मा गरिने रकम वा धन।