पट्टा
Romanized: pattaa, patt, patta
पट्टा (pattaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
पट्टा(१)
१..
मसिना विभिन्न आकारका धर्सा भएको, प्रायः सुत्ने बेलाको पहिरन र हनुमान् कटुका निम्ति प्रयोग गरिने कपडा।
२..
साधा रङको तल्लो किनारमा बाहिरपट्टि बुट्टादार देखिने टलक्क परेको सारी।
पट्टा(२)
१..
सरकारले ठेकेदारलाई ठेक्कापट्टाबमोजिम काम गर्न दिने अधिकारपत्र; ठेक्काको बहालीपुर्जी।
२..
साहुमहाजनको एक प्रकारको व्यापार।
३..
तरबार राख्ने खोल; म्यान।
४..
तरबार चलाएर दुई प्रतिद्वन्द्वीका बिच हुने खेल वा युद्धको अभ्यास गरिने एक प्रकारको लट्ठी।
५..
छालाको पेटी ।
६..
छाला, धातु, कपडा आदिको फित्ताजस्तो वस्तु।
७..
विशेष पहिरनका अवस्थामा दायाँ र बायाँ कुमदेखि कम्मरसम्म पुग्ने गरी प्रालम्बिका लुर्काउन पहिरिने विशेष प्रकारको पट्टी।