पण्डित

Romanized: pandit, pandita

शास्त्रको तात्पर्य राम्ररी बुझेको विद्वान् व्यक्ति; शास्त्रवेत्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
शास्त्रको तात्पर्य राम्ररी बुझेको विद्वान् व्यक्ति; शास्त्रवेत्ता।
२.
सत् र असत् छुट्ट्याउने बुद्धि भएको व्यक्ति।
३.
संस्कृतको वा अन्य भाषाको विद्वान् व्यक्ति।
४.
ब्राह्मणलाई आदर गर्दा भनिने शब्द।
५.
राणाकालमा चलेको शिक्षकहरूको एक दर्जा।
६.
घृतकौशिक गोत्रका नेपाली बाहुनहरूको एक थर।
७.
(विशेषण) विद्वान्; शास्त्रज्ञ।
८.
निपुण; कुशल ।
९.
पुराण भन्ने; पौराणिक।

सम्बन्धित शब्दहरू