पद्म

Romanized: padm, padma

कमलको फूल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कमलको फूल।
२.
कमलको बोट।
३.
सामुद्रिक शास्त्रअनुसार हत्केला वा पैतालामा हुने सौभाग्यसूचक चिह्न।
४.
कमलका आकारको विष्णुको एक हतियार।
५.
कुबेरका नौ खजानामध्ये एक खजानाको नाम।
६.
हात्तीको सुँड वा गालामा बनाइने चित्र।
७.
अष्ट नागमध्ये एक।
८.
अठार पुराणमध्ये एक।
९.
एक प्रकारको योगासन।
१०.
गणितमा १,००,००,००,००,००,००,००० को सङ्ख्या।
११.
वास्तु वा मूर्तिमा प्रयोग हुने अङ्गुलको दुई गुना बराबरको नाप; कला एवं कोलक बराबरको नाप; मात्राको दुई गुना बराबरको नाप; अक्षि एवं अश्विनी बराबरको नाप।

सम्बन्धित शब्दहरू