परिधि

Romanized: paridhi

चारैतिर बारिएको बार; चौतर्फको घेरा; चौघेरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
चारैतिर बारिएको बार; चौतर्फको घेरा; चौघेरो।
२.
वृत्तको सबभन्दा बाहिरपट्टिको पूर्ण रेखा; वृत्त बनाउने वक्ररेखा।
३.
विस्तार; व्याप्ति।
४.
सूर्य, चन्द्र आदि ग्रहका वरिपरि देखिने बाटुलो घेरो; परिवेश; मण्डल; सभा।
५.
यज्ञकुण्डका तीनतिर ठोकिने किलो।
६.
परिक्रमा गर्ने मार्ग वा बाटो।
७.
कुनै वस्तु वा विषयको निश्चित सीमा वा हद।

सम्बन्धित शब्दहरू