पाल्नु

Romanized: paalnu, palnu

पाल्नु (paalnu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

पाल्नु(१)

(सकर्मक क्रिया [संस्कृत पालन])
१..
खान-लाउन दिएर कसैलाई आफ्ना घरमा राख्नु; भरणपोषण गर्नु; प्रतिपालन गर्नु।
२..
मनोरञ्जन, उपयोग वा उपभोगका निम्ति पशुपक्षीलाई खानपान दिएर राख्नु।
३..
स्याहारसम्भार गर्नु; हेरविचार गर्नु।
४..
आज्ञा, अनुशासन, अर्ती, कर्तव्य, कानुन आदिका अनुसार चल्नु, पालना गर्नु; मान्नु; अनुशासनको रक्षा गर्नु।
५..
सह्यार गर्नु; सुसार गर्नु।
६..
रौं, नङ, रुख आदिलाई नकाटी बढ्न दिनु।

पाल्नु(२)

(अकर्मक क्रिया [पाउ+लाग्नु])
१..
कुनै मान्य जन आउनु, पदार्पण गर्नु।
२..
जानु (शिष्टार्थमा); पाउ लाग्नु।

सम्बन्धित शब्दहरू