पासो

Romanized: paaso, paasho, pasho, paso

पासो (paaso) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

पासो(१)

(नाम [संस्कृत प्रवेश])
1.
बन्चरो, कोदालो आदिको बिंड घुसार्ने भाग।

पासो(२)

(नाम [संस्कृत पाश्र्व])
1.
गाईबस्तुका दायाँ र बायाँतिरका दुई थुनको समूह; फाँचाको दायाँ वा बायाँ भाग।

पासो(३)

(नाम [संस्कृत पाश])
१..
पशुपक्षी वा मानिसलाई फसाउने सुर्काउनी पारेको डोरी; पाश; जाल।
२..
बाघ, भालु आदि जन्तुलाई थुन्ने खोर; धराप।
३..
अल्झो; झन्झट।
४..
आत्महत्या गर्नेले झुन्डिने डोरी।

सम्बन्धित शब्दहरू