पुत्लो
Romanized: putlo
पुत्लो (putlo) शब्दका 4 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
पुत्लो(१)
(नाम [संस्कृत पुत्तल])
१..
कुनै मानिसमाथि मारण, मोहन, उच्चाटन आदि तान्त्रिक विधिको प्रयोग गर्न धामी, झाँक्री वा बोक्सी आदिले प्रयोगार्थ लिएको कसैको जिउको लुगा, रौं आदि।
२..
लुगाफाटाको टुक्रो; चिल्यो।
३..
पुत्ला।
पुत्लो(२)
(नाम [संस्कृत पुत्तल])
१..
सेतो, ज्यादै नरम प्वाँख हुने, भकारीमा राखेको धानमा लाग्ने, उड्ने सानो जातको किरो।
२..
घोइरे पुतली; घोत्ले पुतली (तुल. अड्. मोथ)।
पुत्लो(३)
(नाम [संस्कृत पत्र+ल])
1.
केराको बोटको टुसो वा गुभो।
पुत्लो(४)
(नाम [संस्कृत पुत्तल])
१..
आत्मा।
२..
प्राण; प्राणतत्त्व ।
३..
जीवतत्त्व; सत्त्व ।