पूरा

Romanized: puraa, pur, pooraa, poora

चाहिने जति सबै कुराले पूर्ण भएको; कुनै कुराको कमी नभएको; पूर्ण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत पूर्ण]

१.
चाहिने जति सबै कुराले पूर्ण भएको; कुनै कुराको कमी नभएको; पूर्ण।
२.
आफ्ना सबै अङ्गले युक्त भएको; कुनै अङ्ग वा अंशको कमी नभएको।
३.
खुनखोट केही नलागेको; कमी वा त्रुटि नभएको; सग्लो; सिङ्गो ।
४.
भएजति सबै; सारा; सम्पूर्ण।
५.
खोजे वा चाहेअनुसारको; पुग्दो; यथेष्ट।
६.
कुनै कामकुरा फत्ते भएको; सफल; सिद्ध।

सम्बन्धित शब्दहरू