फाट्नु
Romanized: phaatnu, faatnu, fatnu, phatnu
जमिन, घरको गारो आदि धाँजा पर्नु वा फाट्नु; चिरा पर्नु वा चिरिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [संस्कृत स्फाटन+नु]
१.
जमिन, घरको गारो आदि धाँजा पर्नु वा फाट्नु; चिरा पर्नु वा चिरिनु।
२.
लुगाफाटो आदि थोत्रो पुरानो हुनु; च्यातिनु, धस्कनु वा खिइनु।
३.
टुक्रा टुक्रा हुनु, च्याथ्लो हुनु।
४.
अलग हुनु, छुट्टिनु।
५.
झोल र छोक्रा छुट्टिनु ।
६.
दुई थरीको मत वा मन नमिल्नु; राय बाझ्नु।
७.
शत्रुता हुनु; अरिष्ट पर्नु।