फुत्कनु
Romanized: futkanu, phutkanu
एक ठाउँबाट उछिट्टिएर अर्का ठाउँमा पुग्नु; उछिट्टिनु; चिप्लिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [अनुकरण मूल फुत्+क+नु]
१.
एक ठाउँबाट उछिट्टिएर अर्का ठाउँमा पुग्नु; उछिट्टिनु; चिप्लिनु।
२.
जोडिएको वा टाँसिएको ठाउँबाट कुनै वस्तु एकाएक फुस्कनु वा खुस्कनु।
३.
कुनै वस्तुका चेपमा वा दुलामा रहेको वस्तु वेगले निस्कनु; बाहिर निस्कनु।
४.
समातिएको व्यक्ति प्रहरीको आँखा छली भाग्नु वा उम्कनु ।