बँधुवा
Romanized: bamdhuvaa, bamdhuwaa, bandhuvaa, bamdhuv
बाँधिएको; बन्धनमा राखिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [बाँध्+उवा]
१.
बाँधिएको; बन्धनमा राखिएको।
२.
बाँधेर पालिएको; बाँध्ने गरेको।
३.
(नाम)
वर्षको एकपटक लिने स्थिति बाँधेको जग्गाजमिन, खान्गी आदिको आम्दानी।
४.
नियमित रूपले कुनै वस्तु वा रकम लिने-दिने व्यवस्था।