बकाइनु
Romanized: bakaainu, bakainu
बकाइनु (bakaainu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
बकाइनु(१)
(कर्मवाच्य क्रिया)
1.
बक्न लाइनु; बक्ने पारिनु।
बकाइनु(२)
(नाम [संस्कृत वकनिम्ब])
1.
निमका जस्ता पात हुने, कलेजी रङका फूल फुल्ने, नपाक्ता हरिया र पाक्ता पहेंला हुने झुप्पाझुप्पा परेको ससाना फल फल्ने, कमलो खालको काठ हुने एक जातको रुख; आयुर्वेदमा कफ, किरा, कुष्ठ र विषनाशक तथा ठन्डा गुण मानिएको एक जातको निम; महानिम्ब।