बढ्नु

Romanized: badhnu

कुनै वस्तुको आकार, आयतन, परिमाण आदि पहिलेको भन्दा बढ्‌ता हुनु, वृद्धि हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [संस्कृत वर्द्धन]

१.
कुनै वस्तुको आकार, आयतन, परिमाण आदि पहिलेको भन्दा बढ्‌ता हुनु, वृद्धि हुनु।
२.
गणना, नापतौल आदिमा अधिक हुनु।
३.
मूल्य, अधिकार, योग्यता, सामर्थ्य आदिमा वृद्धि हुनु।
४.
धेरै स्थान ढाक्ने वा ओगट्‌ने हुनु।
५.
मदमत्त हुनु; उन्मत्त हुनु; मात्तिनु; टुप्पिनु।
६.
अगि सर्नु; लम्कनु।
७.
सङ्ग्रालिनु; फैलनु; फिंजिनु।
८.
झाँगिनु; गाँजिनु; मौलाउनु।
८.
फुल्नु; सुनिनु।

सम्बन्धित शब्दहरू