बहिनी
Romanized: bahinee, bahinii, bahini
आफ्नै आमाको गर्भबाट आफूभन्दा पछि जन्मेकी स्त्री; बैनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत भगिनी]
१.
आफ्नै आमाको गर्भबाट आफूभन्दा पछि जन्मेकी स्त्री; बैनी।
२.
आफूभन्दा कम उमेरकी जेठाबाबु, कान्छाबाबु, ठुली आमा, सानी आमा, मामा, फुपू र गुरुकी छोरी।
३.
सालाकी पत्नी।
४.
आफूभन्दा कम उमेरकी स्त्री- जातिलाई सम्बोधन गर्ने स्नेहसूचक शब्द।