बेत
Romanized: bet, beta
बेत (bet) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
बेत(१)
(नाम [संस्कृत वीत])
1.
सुत्केरी हुनाको पटक; पशुको बियाउनाको पल्ट।
बेत(२)
(नाम [संस्कृत वेत/वेत्र])
१..
बाँसका जस्ता पात र आँखा हुने, नफुल्ने, लामो र चाम्रो हुने, चोया र डन्ठीबाट मेच, सन्दुक, लौरो आदि उपयोगी वस्तु बनाइने एक जातको लहरो।
२..
(विशेषण)
मेहनत गर्नका निम्ति दहिलो; बलियो; चाम्रो।