भिड्नु

Romanized: bhidnu

परस्परमा लडन्त हुन थाल्नु; मुठभेड हुनु, टकराउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [प्राकृत भिड+नु]

१.
परस्परमा लडन्त हुन थाल्नु; मुठभेड हुनु, टकराउनु।
२.
जोडिनु; मिल्नु; भेटिनु।
३.
रुजु गरिनु।
४.
दाँजिनु।
५.
रोहबरमा राखिनु ।
६.
जबरजस्ती जिम्मा लाग्नु।
७.
(सकर्मक क्रिया) मुकाबिला गर्नु; सामना गर्नु; जुध्नु।

सम्बन्धित शब्दहरू