मातृका
Romanized: maatrikaa, maatrika, matrikaa, maatrik
आमा; माता; जननी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
आमा; माता; जननी।
२.
धाईआमा।
३.
विवाह, व्रतबन्ध आदि माङ्गलिक कार्यको पूर्वाङ्गका रूपमा पूजा गरिने सोह्रवटी देवीहरूको वर्ग (गौरी, पद्मा, शची, मेधा, सावित्री, विजया, जया, देवसेना, स्वधा, स्वाहा, माता, लोकमाता, शान्ति, पुष्टि, धृति र स्वस्ति)।
४.
तन्त्रशास्त्रका अनुसार सातवटी देवी (ब्राह्मी, माहेश्वरी, कौमारी, वैष्णवी, इन्द्राणी, चामुण्डा र वाराही)।
५.
पञ्चाशत् वर्णमातृका।
६.
स्रोत; मूल।
७.
जादुको शक्ति निहित रहने अक्षरहरूको खास प्रकारको रेखाचित्र।