माया
Romanized: maayaa, maaya, mayaa, maay
मोहवश कसैका प्रति हुने हार्दिकतायुक्त अनुराग, प्रेम वा स्नेहको भाव; प्यार; प्रीति; ममता; ममत्व। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मोहवश कसैका प्रति हुने हार्दिकतायुक्त अनुराग, प्रेम वा स्नेहको भाव; प्यार; प्रीति; ममता; ममत्व।
२.
कुनै प्रकारको भ्रमपूर्ण, अवास्तविक तथा मिथ्या धारणा वा आभास; धोका; छल, कपट ।
३.
कुनै छलपूर्ण काम वा कुरा (जादु-टुना, इन्द्रजाल, चटक आदि)।
४.
वेदान्तका अनुसार सम्पूर्ण सृष्टि र प्रपञ्चको कारण मानिने ईश्वरको अलौकिक तथा अदृश्य शक्ति; लीला।
५.
अविद्या; अज्ञान।
६.
जीवनलाई बन्धनमा राख्ने मोहरूपी शक्ति।
७.
धन; सम्पत्ति; दौलत।
८.
कूटनीति; दाउपेच।
९.
लक्ष्मी; दुर्गा।