मुस्लो
Romanized: mushlo, muslo
आगाको बाक्लो ज्वाला; राँको; लप्को; लपट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत मुसल]
१.
आगाको बाक्लो ज्वाला; राँको; लप्को; लपट।
२.
बादल, कुहिरो, धुवाँ आदिको लहर ।
३.
दर्केका पानीको ठुलो धारो।
४.
मुला, डुकु आदि काँचै खाँदा नाकबाट निस्कने राग।
५.
सुन्निएर वा अन्य कुनै प्रकारले शरीरका कुनै भागमा उठेको मासुको पिण्ड वा लोला।
६.
एकोहोरिँदै आएको बतासको मोहरी।
७.
क्रोध वा रिसको वेग।