मेघ
Romanized: megh, megha
आकाशमा जम्मा भएको जलकण; बादल; मेहरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आकाशमा जम्मा भएको जलकण; बादल; मेहरो।
२.
कुहिरो।
३.
एक बास्नादार घाँस; मोथे।
४.
थुप्रो; समूह; रास।
५.
सङ्गीतशास्त्रका अनुसार गान्धार र धैवत स्वर वर्जित भई निषाद स्वर कोमल हुने र प्रायः रात्रिको चौथो प्रहर र वर्षायाममा हरसमय गाउन हुने औडव जातिको एक राग।