युक्त
Romanized: yukt, yukta
दुई वा दुईभन्दा बढी वस्तु अथवा तत्त्वहरू जोरिएको; मिलेको; संयुक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
दुई वा दुईभन्दा बढी वस्तु अथवा तत्त्वहरू जोरिएको; मिलेको; संयुक्त।
२.
युक्तिसङ्गत; समुचित; उचित।
३.
साथैमा रहेको; सहितको; पूर्ण (स्नेहयुक्त, भावयुक्त इ.)।
४.
(नाम)
योगाभ्यास गरेको योगी।