युक्ति
Romanized: yukti
कुनै पनि समस्याको समाधान गर्ने उपाय; जुक्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै पनि समस्याको समाधान गर्ने उपाय; जुक्ती।
२.
कौशल; चातुर्य।
३.
कुनै विषय प्रस्तुत गर्न आवश्यक पर्ने बठ्याइँ; तर्क।
४.
एकभन्दा बढ्ता तत्त्वहरूको संयुक्त रूप; योग; मिलन।
५.
चालढाल; तौरतरिका।
६.
अलङ्कारशास्त्रका अनुसार कुनै तरिकाले रहस्यमय चेष्टालाई लुकाउने प्रसङ्गको वर्णन गर्दा पर्ने एक अर्थालङ्कार।
७.
औचित्य।