रोप्नु
Romanized: ropnu
धान, कोदो आदिको बिउ ब्याडबाट उखेलेर खेत वा बारीमा लाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत रोप+नु]
१.
धान, कोदो आदिको बिउ ब्याडबाट उखेलेर खेत वा बारीमा लाउनु।
२.
छरिने खालका सबै बिउ जमिनमा गाड्नु; बिउ छर्नु।
३.
कुनै ठाउँमा नयाँ बोटबिरुवा आदि लाउनु।
४.
शरीरमा तिखो हतियार घुसार्नु; रोप्नु; घोच्नु।