लट्टे
Romanized: latte
लट्टे (latte) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
लट्टे(१)
(नाम [प्राकृत लट्टिअ])
1.
भिजाएको अनदीको चामल पानी नहालीकन घिउ वा तेलमा भुटेर खुदो आदि गुलियो मिसाई पकाएको खानेकुरो; चाम्र; ढकनी।
लट्टे(२)
(नाम [प्राकृत लट्टा])
1.
लाम्चा भुवादार पात हुने, गाढा राता वा सेता झुप्पाकार फूल फुल्ने एक बोट वा त्यसमा फल्ने ससाना दाना; नचनी; रामदाना।
लट्टे(३)
(विशेषण [लट्टा+ए])
१..
लट्टैलट्टा परेको; मयल वा लेसाइलो पदार्थले जमेको।
२..
जटाधारी; जटावाल; जटे।