लुट्नु
Romanized: lutnu
जबर्जस्तीसित अर्काको धनमाल लिनु; डरत्रास देखाएर वा धम्काएर अरूको सम्पत्ति खोस्नु; हाक्काहाक्की चोर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत लुण्ठ+नु]
१.
जबर्जस्तीसित अर्काको धनमाल लिनु; डरत्रास देखाएर वा धम्काएर अरूको सम्पत्ति खोस्नु; हाक्काहाक्की चोर्नु।
२.
उचितभन्दा ज्यादा मोल लिनु; ठग्नु।
३.
अन्याय गरेर अरूको सम्पत्ति हत्याउनु।