वर
Romanized: var, wara, war, bara
वर (var) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
वर(१)
(नाम [संस्कृत])
१..
देवता,गुरुजन आदिसँग मागिने र उनीहरू प्रसन्न भएर दिने फल वा मनोरथसिद्धिको आशिष।
२..
कन्यासँग विवाह गर्न पक्का भएको केटो; दुलहा; बेहुलो।
३..
शब्दका पछाडि गाँसिएर श्रेष्ठताको भाव बुझाउने शब्द (जस्तै- गुरुवर, कविवर, प्रियवर, मान्यवर इ.)।
४..
उत्तम; श्रेष्ठ; गतिलो ।
वर(२)
(परसर्ग)
1.
कुनै काम सकेर अर्को काम गर्न अह्राउँदा क्रियापदमा द्वित्व झै भएर जोरिने शब्द (उदा.- तिमी घरैमा बसवर, खाऊवर र केटाकेटीको विचार गरवर)।
वर(३)
(क्रियाविशेषण [संस्कृत अवर])
1.
आफूतिर; आफ्ना छेउमा; नजिक।
उदाहरण वाक्य
- तिमी घरैमा बसवर, खाऊवर र केटाकेटीको विचार गरवर