वशिष्ठ
Romanized: vashishtha, vashishth, washishtha, vashistha
सप्तर्षिहरूमा प्रमुख मानिएका, मन्त्रद्रष्टा वैदिक ऋषि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
सप्तर्षिहरूमा प्रमुख मानिएका, मन्त्रद्रष्टा वैदिक ऋषि।
२.
पुराणअनुसार ब्रह्माजीका मानसपुत्र।
३.
भरद्वाजका समसामयिक र दिवोदासका पुत्र। सुदासका पुरोहित।
४.
मित्रावरुण नामका देवता र उर्वशी नामकी अप्सराका पुत्र।
५.
व्याघ्रपदका बाबु, उपमन्यु ऋषिका बाजे र सिन्धुप्रदका बुढाबाजे।
६.
सूर्यवंशी राजाहरूका कुलपुरोहित तथा रामचन्द्र र हरिश्चन्द्रका गुरु।
७.
ब्राह्मणोचित प्रतिष्ठा तथा आदर्शका प्रतिनिधि मुनि।
८.
गोत्रप्रवर्तक एक ऋषि। (विश्वामित्रले वसिष्ठ ऋषिसँग समता राख्न प्रशस्त प्रयत्न गरेकाले त्यससम्बन्धी थुप्रै उपाख्यान प्रचलित छन्)।