वस्तु
Romanized: wastu, vashtu, bastu, washtu
कुनै पनि भौतिक अस्तित्व भएको पदार्थ; विद्यमान चिज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
कुनै पनि भौतिक अस्तित्व भएको पदार्थ; विद्यमान चिज।
२.
धनसम्पत्ति; द्रव्य।
३.
कुनै नाटक वा काव्यको कथानक वा मूलभूत अंश।
४.
कुनै चित्र आदिको रेखाचित्र वा मूल आधार।
५.
कुनै मुख्य कुरो वा सारतत्त्व।
६.
उत्खनन वा अन्वेषण गर्दा पाइएका पुरातात्त्विक वस्तुको छोटकरी नाम।