वाच्य
Romanized: vaachya, vaachy, vachya, waachya
वाक्यमा कर्ता, कर्म र भावको काम बुझाउने वा कुनै एउटासँग सम्बन्ध राख्ने क्रियापद। (जस्तै- कर्तृवाच्यः म किताब… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
वाक्यमा कर्ता, कर्म र भावको काम बुझाउने वा कुनै एउटासँग सम्बन्ध राख्ने क्रियापद। (जस्तै- कर्तृवाच्यः म किताब पढ्छु; कर्मवाच्य : (मद्वारा) भात खाइयो; भाववाच्यः (हामी) आइनेछ इ.)।
२.
अभिधाद्वारा व्यक्त हुने अर्थ।
३.
तिरस्कार; निन्दा।
४.
(विशेषण)
भन्न वा कहन योग्य ।
५.
शब्द वा अभिधाद्वारा बोध हुने; अभिधेय (अर्थ)।