विलास
Romanized: vilaasa, vilaas, wilaasa, vilas
भौतिक उपकरणको परिपूर्णता वा सम्पन्नताले शरीर वा मनलाई आनन्दित तुल्याउने काम; सुखसयल; ऐसआराम; मोजमज्जा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
भौतिक उपकरणको परिपूर्णता वा सम्पन्नताले शरीर वा मनलाई आनन्दित तुल्याउने काम; सुखसयल; ऐसआराम; मोजमज्जा।
२.
खेलकुद, क्रीडा;
३.
मनोविनोद।
४.
पुरुषका प्रति अनुराग वा प्रेम पैदा गराउने स्त्रीको चेष्टाविशेष; नारीको हाउभाउ ।
५.
स्त्री र पुरुषका बिचको आकर्षण; कामुकता; लम्पटता।