शाखा
Romanized: shaakhaa, shaakha, shakhaa, saakhaa
मूल फेदबाट माथि गएर फाटेको रुखको सानो अङ्ग; हाँगो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मूल फेदबाट माथि गएर फाटेको रुखको सानो अङ्ग; हाँगो।
२.
कुनै पनि मूल भाग वा वस्तुबाट निस्केको अङ्ग वा अवयव; विभाग।
३.
कुनै सं, कार्यालय आदिअन्तर्गतको सुबिस्ताका निम्ति टाढा रहेको सङ्गठन वा अङ्ग।
४.
वेदका संहिताको पाठ तथा क्रमभेद।
५.
कुनै दर्शनशास्त्र आदिको अर्को भेद; सम्प्रदाय।
६.
कुनै विषय वा सिद्धान्तसित सम्बद्ध एकै विचार वा मूलका मानिसहरूको वर्ग वा समूह।
७.
छोरापट्टिको वंशावली तथा छोरापट्टिका सन्तानको लहरो।