शासन
Romanized: shaasana, shaasan, shasana, saasana
सरकारले गर्ने कुनै देशको प्रबन्ध तथा सञ्चालनसम्बन्धी काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सरकारले गर्ने कुनै देशको प्रबन्ध तथा सञ्चालनसम्बन्धी काम।
२.
अनुशासन वा मर्यादा पालन गराउने काम; आज्ञा; आदेश; हुकुम ।
३.
इन्द्रियहरूको संयम वा नियन्त्रण।
४.
कुनै कसुरका निम्ति दिइने दण्ड वा सजाय।
५.
कसैलाई दिइने लिखित अधिकार।
६.
कुनै शब्दले आफ्नो नजिकमा रहेको शब्दको रूप परिवर्तन गर्न विवश गर्ने व्याकरणिक प्रक्रिया।