शुल्क
Romanized: shulka, shulk, sulk, sulka
यातायातका साधन, खासगरी बाटो, घाट आदिमा लाग्ने कर वा महसुल । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
यातायातका साधन, खासगरी बाटो, घाट आदिमा लाग्ने कर वा महसुल ।
२.
कुनै वस्तुको उत्पत्ति, उपभोग, आयातनिर्यात आदि हुँदा सरकार वा राज्य, स्थानीय निकाय वा गा. वि. स., न. पा. आदि विविध निकाय वा कुनै अधिकृत संस्थान आदिले उठाउने वा लगाउने निर्दिष्ट रकम (जग्गाको तिरो, मालसामानको भन्सार, पानीबिजुली आदिको महसुल इ.)।
३.
शैक्षिक, सामाजिक, धार्मिक आदि संस्थाहरूमा पठनपाठन वा अन्य कामका निम्ति प्रवेशका समयमा र मासिक,वार्षिक आदि रूपमा बुझाइने नियमानुसारको दस्तुर; फीस ।
४.
कुनै आंशिक काम गरेबापत दिइने ज्याला; पारिश्रमिक; मजदुरी
५.
घर, सामान आदि उपभोग गरेबापत दिइने वा लिइने कबुलअनुसारको रकम; भाडा; किराया।
६.
वैवाहिक कार्यमा रीतिरिवाजअनुसार कन्या वा वरपक्षलाई दिइने दस्तुर, दाइजो।