शोषण
Romanized: shoshana, shoshan, shosana, soshana
कुनै तातो वस्तुद्वारा पानी, रस, चिसो आदिको सोसाइ; सुक्ने वा सुकाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै तातो वस्तुद्वारा पानी, रस, चिसो आदिको सोसाइ; सुक्ने वा सुकाउने काम।
२.
अरूको, खास गरी आफ्ना अधीनमा रहेका निर्धानिमुखा व्यक्तिहरूका गुण, काम, परिश्रम, उत्पादन, आय आदिबाट व्यक्तिगत स्वार्थ पूरा गर्न उठाइने अनुचित लाभ; चुस्ने वा धुत्ने काम; चुसाइ।