श्रम
Romanized: shrama, shram, sram, srama
कुनै वस्तुको उत्पादन तथा निर्माण वा जीवननिर्वाहका निम्ति शारीरिक वा बौद्धिक शक्ति लगाएर गरिने काम; मिहिनेत;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै वस्तुको उत्पादन तथा निर्माण वा जीवननिर्वाहका निम्ति शारीरिक वा बौद्धिक शक्ति लगाएर गरिने काम; मिहिनेत; परिश्रम।
२.
कुनै कामका निम्तिको मानवीय चेष्टा; प्रयत्न; प्रयास।
३.
काम गर्दा लाग्ने थकाइ; थकान; ग्लानि।
४.
शरीरको कसरत; व्यायाम ।
५.
घामपानीमा तप्ने काम; असिनापसिना।