संज्ञा

Romanized: samjnyaa, sanjnyaa, samjnya, sanjnya

बाह्य पदार्थको ज्ञान तथा शरीर वा मनका कार्यव्यापारको अनुभूति हुने शक्ति; चेतनाशक्ति; होस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
बाह्य पदार्थको ज्ञान तथा शरीर वा मनका कार्यव्यापारको अनुभूति हुने शक्ति; चेतनाशक्ति; होस।
२.
बुद्धि; प्रज्ञा।
३.
ज्ञान; बोध।
४.
कुनै वस्तु वा कार्यका निम्ति पारिभाषिक रूपमा प्रचलित नाम।
५.
हात, आँखा आदिद्वारा गरिने सङ्केत वा इसारा।
६.
व्याकरणमा कुनै व्यक्ति, वस्तु, कार्य, भाव आदिको बोधक शब्द; नाम।
७.
सूर्यसँग बिहा भएकी विश्वकर्माकी एक कन्या।
८.
गायत्रीको एक नाम।

सम्बन्धित शब्दहरू