सन्दर्भ
Romanized: sandarbh, shandarbha, shandarbh, sandarbha
कुनै लेख; रचना, पुस्तक आदिको विषय-प्रसङ्ग । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै लेख; रचना, पुस्तक आदिको विषय-प्रसङ्ग ।
२.
लेख, कुरो, वर्णन आदिको क्रम वा सिलसिला।
३.
मिलाएर गाँस्ने वा टाँक्ने काम।
४.
साहित्यिक कृति वा रचना; लेख, निबन्ध आदि।
५.
कुनै गूढ कुरा प्रस्ट पार्ने ग्रन्थ।
६.
फैलाउने काम; विस्तार।
७.
सम्मिश्रण; सङ्ग्रह।