सान

Romanized: saana, saan, san, shaana

सान (saana) शब्दका 5 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सान(१)

(नाम)
1.
साँध; सीमा।

सान(२)

(नाम [प्राकृत सण्णा > संस्कृत संज्ञान])
१..
ओठ, जिब्रो, टाउको, हात, आँखा आदि चलाएर अरूलाई मनको भाव प्रकट गर्ने काम; हाउभाउ; इसारा; सङ्केत।
२..
जनाउ; सूचना।

सान(३)

(नाम [अरबी])
१..
गौरव, इज्जत वा प्रतिष्ठाको अवस्था; चकचकी।
२..
तडकभडक; ढाँचा।
३..
बडप्पन; मैमत्याइँ।

सान(४)

(नाम [संस्कृत शाण])
१..
रत्नहरूमा रहने चमक वा पानी।
२..
हतियार उध्याउने वा धार लगाउने काम।

सान(५)

(नाम [संस्कृत सङ्ग])
1.
मत्ताका पछि पछि लागेर हिँड्ने हात्तीको बथान।

सम्बन्धित शब्दहरू