साल

Romanized: saala, saal, sal, shaala

साल (saala) शब्दका 5 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

साल(१)

(नाम [अरबी])
1.
बाह्र महिनाको समय; वर्ष; संवत्।

साल(२)

(नाम [प्राकृत सल्ल])
1.
गर्भको बच्चालाई चारैतिरबाट बेरेर सुरक्षा प्रदान गर्ने र बालक जन्मँदा नाभिमा जोरिएर आउने आन्द्रो तथा मांसपेशी; औरो; काँडो।

साल(३)

(नाम [नेवारी])
१..
तिल, तोरी, रायो आदि पेलेर तेल निकाल्ने यन्त्र; कोल।
२..
दुई काठ जोर्नका लागि दुवैमा प्वाल पारी ठोकिने काठको कीला; काठको चुकुल।

साल(४)

(नाम [संस्कृत शाल])
१..
सालको रुख; शालवृक्ष।
२..
एक जातको माछो।
३..
पर्खाल ।

साल(५)

(नाम [अरबी शाल])
1.
दोसल्ला जस्तो उनी वा रेसमी ओढ्ने वस्त्र।

सम्बन्धित शब्दहरू