साहित्य
Romanized: saahitya, saahity, sahity, shaahitya
सहित हुनाको भाव, गुण वा अवस्था; साथ रहेको स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सहित हुनाको भाव, गुण वा अवस्था; साथ रहेको स्थिति।
२.
कुनै देश वा जातिको व्यावहारिक वा भावनात्मक विषयसम्बन्धी ग्रन्थ, लेख आदि; वाङ्मय।
३.
जीवनजगत्सँग सम्बद्ध विविध विषयमा सौन्दर्य, रूप, गुण, भावुकता आदिका दृष्टिले अभिव्यक्त हुने वा रचिने हृदयस्पर्शी लेख, ग्रन्थ आदि।
४.
इतिहास, पुराण, पुराकथा वा समाज आदिबाट उपजीव्य वस्तु लिएर रस, छन्द, अलङ्कार आदिले यथासम्भव सजाई रचिएको गद्य वा पद्यकृति; काल्पनिक र भावुकतापूर्ण पद्यमय वा गद्यमय रचना (कविता, खण्डकाव्य, महाकाव्य, नाटक, कथा, उपन्यास आदि)।
५.
परस्पर सापेक्ष पदको एउटै क्रियामा हुने अन्वय।
६.
गद्य वा पद्यकृतिहरूबाट हुने रसको आस्वाद।