सुक्नु

Romanized: shuknu, suknu

आगो वा घामको रापले अथवा बतासले हानेर पानी वा ओसिलोपन हराउनु; राम्ररी ओभाउनु; सुक्खा हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
आगो वा घामको रापले अथवा बतासले हानेर पानी वा ओसिलोपन हराउनु; राम्ररी ओभाउनु; सुक्खा हुनु।
२.
छिप्पिएर वा चाउरिएर रसहीन हुनु।
३.
बोटबिरुवामा हरियो भाव सकिनु; आलोकाँचो नरहनु।
४.
बुढेसकाल, रोग वा मानसिक तापले शरीरको रगतमासु घटेर दुब्लाउनु।
५.
खोलानालाको पानी घट्नु।
६.
गाईभैंसी आदिले दुध दिन छाड्दै जानु, दुध कम दिनु।

सम्बन्धित शब्दहरू