सूत्र

Romanized: sutr, shutra, sootra, shutr

कुनै वस्तुबाट तयार भएको तन्तु; धागो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै वस्तुबाट तयार भएको तन्तु; धागो।
२.
जनै; यज्ञोपवीत; ब्रह्मसूत्र ।
३.
व्याकरण, दर्शन, गणित, विज्ञान आदिका नियमलाई छोटकरीमा बोध गराउने बीजगणितात्मक पद्धति; उक्त पद्धतिका लागि प्रयोग गरिने शब्दसङ्केत वा वाक्यसङ्केत; बीज; फर्मुला।
४.
कुनै विश्वस्त र गुप्त खबर।
५.
सुराक, ठुलो घटना, षड्यन्त्र आदि कुराहरू पत्ता लगाउने सहायक साधन; सुइँको।
६.
कुनै उपाय; जुक्ती; किल्ली; कडी ।
७.
कुनै विषयको दफा वा आधारभूत बुँदा।
८.
वास्तु तथा मूर्तिकलाअनुसार अङ्गुलको नौ गुना बराबरको नापो; नौ इन्चको नापो।

सम्बन्धित शब्दहरू