स्थान
Romanized: sthaana, sthaan, sthan, shthaana
कुनै वस्तु अडिने आधार; ठाउँ; थलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै वस्तु अडिने आधार; ठाउँ; थलो।
२.
बस्ने ठाउँ; रहने आवास।
३.
देवदेवीको मठमन्दिर।
४.
पद; ओहदा।
५.
ध्वनिविज्ञानका आधारमा उच्चारणका अवयवहरू सक्रिय भई ध्वनि निस्कने ठाउँ; उच्चारणस्थान।