हडबड
Romanized: hadabad, hadabada
काम छिटै नसकिएला कि भनी अत्यासले हुने मनको चञ्चलता; हतपत; चटारो; हतार; हडबडी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत हड्ड+बड्ढ]
१.
काम छिटै नसकिएला कि भनी अत्यासले हुने मनको चञ्चलता; हतपत; चटारो; हतार; हडबडी।
२.
हतारमा काम सक्नुपर्ने बाध्यता; आत्तुरी; समयको कमी।