अन्धो
Romanized: andho
आँखा नदेख्ने; दुवै आँखा बन्द भएको; नेत्रहीन; अन्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत अन्ध+ओ]
१.
आँखा नदेख्ने; दुवै आँखा बन्द भएको; नेत्रहीन; अन्ध।
२.
विवेकबुद्धि नभएको; अज्ञानी; मूर्ख।
३.
मनपरी गर्ने; जथाभाबी गरेर हिँड्ने ।
४.
मात्तिएको; उन्मत्त ।
५.
होस नभएको; बेहोसी।
६.
(नाम)
परेलाका डिलमा आउने एक किसिमको खटिरो।