अलमल
Romanized: alamal, alamala
काम गर्दा, हिँड्दा वा सोच्दा कुनै बाधा उत्पन्न हुन गई हुने भ्रम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत अन्यमन]
१.
काम गर्दा, हिँड्दा वा सोच्दा कुनै बाधा उत्पन्न हुन गई हुने भ्रम।
२.
त्यस्तो भ्रम पैदा हुने स्थिति।
३.
भ्रान्ति; अन्यमनस्कता; दिग्भ्रम।
४.
बाधा; व्यवधान।
५.
झमेला; टन्टा।
६.
जिल्लाराम।