अवतार
Romanized: avataara, avataar, awataara, avatar
जन्म लिने वा शरीर धारण गर्ने क्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
जन्म लिने वा शरीर धारण गर्ने क्रिया।
२.
देवताहरूले मनुष्य वा अरू प्राणीहरूको शरीरमा जन्म लिने क्रिया; पुराणअनुसार विष्णु भगवान्का चौबिस अवतार (ब्रह्मा, वराह, नारद, नरनारायण, कपिल, दत्तात्रेय, यज्ञ, ऋषभ, पृथु, मत्स्य, कूर्म, धन्वन्तरि, मोहिनी, नृसिंह, वामन, परशुराम, वेदव्यास, राम, बलराम, कृष्ण, बुद्ध, कल्कि, हंस र हयग्रीव)।
३.
तल झर्ने, ओर्लने एवं उँधो लाग्ने क्रिया।