आँखो
Romanized: aamkho, aankho, ankho, amkho
अर्को वस्तु, जीव वा पदार्थका रूपरङ्ग, आकारप्रकार, भेदविभेद आदिको ज्ञान गर्ने प्राणीको इन्द्रिय; हेर्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत अक्षि]
१.
अर्को वस्तु, जीव वा पदार्थका रूपरङ्ग, आकारप्रकार, भेदविभेद आदिको ज्ञान गर्ने प्राणीको इन्द्रिय; हेर्ने इन्द्रिय; दृष्टि; नयन; नेत्र।
२.
उखु, बाँस आदिका जोर्नीको गाँठो; रुख आदिको गाँठिएको गिर्यो; आँख्लो।
३.
कुदृष्टि; चोखी।
४.
पिलोभित्र रगत र पिप जमेको डल्लो वा गिर्यो ।
५.
(विशेषण)
सबैभन्दा राम्रो; रोजा; उत्तम।