इन्द्रिय

Romanized: indriy, indriya

ज्ञानशक्ति र कर्मशक्तिका मानवीय अङ्ग वा साधन; पाँच ज्ञानेन्द्रिय (आँखा, कान, नाक, जिब्रो र छाला) र पाँच… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
ज्ञानशक्ति र कर्मशक्तिका मानवीय अङ्ग वा साधन; पाँच ज्ञानेन्द्रिय (आँखा, कान, नाक, जिब्रो र छाला) र पाँच कर्मेन्द्रिय (वाक्, पाणि, पाद, वायु र उपस्थ) का सामूहिक वा अलग अलग नाम।
२.
माथिका आधारमा पाँचको सङ्ख्या।
३.
योनि वा लिङ्ग।
४.
जननेन्द्रिय।
५.
एक अङ्गुलको पाँच गुना बराबरको नाप; पाँच अमल बराबरको नाप; पाँच अङ्गुल।

सम्बन्धित शब्दहरू